घट्न थाल्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


२९ भाद्र २०७६, आईतवार
gold

काठमाडौं, २९ भदौं । पटक–पटक भाउ बढेर नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य केहि दिनयता क्रमशः घट्न थालेको छ । सुनको मूल्य आइतबार (भदौ २९) घटेको छ ।
तोलामा ४ सय रुपैयाँले घटेर सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए । यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

लगातार मूल्य अकाशिएपछि सुन किन्न नपाएका उपभोक्तामा अब भने केहि आशा जागेको छ । यस्तै मूल्य अकाशिएर ग्राहक आउन छाडेकाले पसल बन्द गरेर बस्नु परेका सुन व्यवसायीहरुमा पनि दशैं नजिकिएसँग सुन कारोबार बढ्ने आशा जागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७