कक्षाकोठामा मोवाइल चलाएपछि प्रअले हथौडाले फुटाई दिए १६ वटा मोवाइल


२९ भाद्र २०७६, आईतवार

काठमाडौं, २९ भदौं । अहिले मोवाइलमा सबैखालका नागरिकको पहुँच छ । मोवाइलमा पहुँच बढेसँगै यसको दुरुपयोग समेत बढ्दै गएको छ ।

अहिले युवापुस्तामा मोवाइल प्रयोगप्रति विशेष लगाव देखिन्छ । मोवाइलको लतकै कारण कुन ठाउँमा मोवाइल प्रयोग गर्ने र कुन ठाउँमा नगर्ने भन्ने नै युवा पुस्ताले छुट्याउन छाडेका छन् ।

भारतको कर्नाटकका एक कलेजका प्रधानाध्यापक विद्यार्थीको यस्तो बानी देखेर यति रिसाए कि उनले कक्षाकोठामा नै विद्यार्थीको फोन जफत गरेर हथौडाले चक्नाचुर पारिदिएका छन् ।

भारतीय संचार माध्यमका अनुसार वास्तवमा कर्नाटकको एमईएस चेतन्य पीयू कलेजका प्रधानाध्यापकलाई कक्षाकोठामा लेक्चरका बेला पनि मोबाइल प्रयोग गरेको चित्त बुझिरहेको थिएन । उनले विद्यार्थीलाई थुप्रै पटक कक्षामा पढाई वा लेक्चरको क्रममा कसैले पनि मोबाइल प्रयोग गरेको भेटिए मोबाइल फुटाइने चेतावनी दिएका छन् ।

कलेजका विद्यार्थीले कक्षाकोठामा यस्तो नियमलाई वास्ता नै नगरी निर्धक्कले मोबाइल चलाइरहेको देखेर प्रधानाध्यापकलाई यति रिस उठ्यो कि उनले तुरुन्त हथौडा मगाए र विद्यार्थीहरुबाट मोबाइल खोसेर फुटाई दिए ।

प्रधानाध्यापकले यसरी मोबाइल फुटाएको भिडियो भाइरल भएपछि कलेजका अधिकारीले विद्यार्थीले लेक्चर दिइरहेका बेला पनि मोबाइल फोन चलाएर एक अर्कासँग च्याटिङ गरिरहेकाले यस्तो निर्णय लिनुपरेको स्पष्टिकरण दिएको छ ।

बुधबार कलेजका अधिकारीले १६ वटा मोबाइल फोन जफत गरेका थिए । त्यसपछि विद्यार्थीलाई कलेज हलमा जम्मा हुन भनियो । विद्यार्थी जम्मा भएपछि प्रधानाध्यापक त्यहाँ पुगे र उनले सबैको अगाडि मोबाइल फोन फुटाइदिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७