अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु 


२९ भाद्र २०७६, आईतवार
goli kanda mritak

रुपन्देही, २९ भदाै । 
रुपन्देहीको रोहिणीमा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । आइतबार दिउसो रोहिणी खोलामा अज्ञात समूहको गोली प्रहारबाट ओमसतिया गाउँपालिकाका अन्दाजी ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


भैरहवाबाट धकधईतर्फ जाँदै गरेका कुर्मीमाथि गोली प्रहार भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए । स्थानीयका अनुसार बैंकबाट रकम निकालेर घरतर्फ जाँदै गर्दा खोलामा गोली हानिएको हो । प्रहरी र स्थानीयले लुटपाट गर्ने उद्देश्यका साथ गोली हानिएको हुनसक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७