डडेल्धुरामा प्रधानमन्त्रीको पुत्ला दहन


२९ भाद्र २०७६, आईतवार
putla dahan dadeldhura 20190915093906 1

डडेल्धुरा, २९ भदौ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। आइतबार कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीवरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको हो। यस्तै आइतबार कांग्रेस नेता कार्यकर्ताले नेकपा अध्यक्ष पुष्पकमल दाहालको पति पत्ला जलाएका छन् ।

कांग्रेस जागरण अभियानका क्रममा बाँके जिल्ला सभापति किरण कोइराला लगायत नेता कार्यकर्तामाथि भएको आक्रमणको विरोध गर्दै प्रधानमन्त्री ओली र प्रचण्डाको पुत्ला जलाइएको जिल्ला सभापति कर्णबहादुर मल्लले बताए ।

घटनाका दोषीउपर कारबाहीको माग गरिएके छ । उनले स्थान तय गरेर लड्नका लागि आउन नेकपा नेता कार्यकताएलाई चेतावनी पनि दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७