नेपाल प्रहरीको नाम नेकपा प्रहरी राखौं : अमरेशकुमार सिंह


२९ भाद्र २०७६, आईतवार
amresh kumar shingh
फाइल फोटो

काठमाडौं, २९ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले बाँकेमा कांग्रेस सभापति किरण कोइरालालगायतमाथि भएको आक्रमण लोकतन्त्रमाथिको हमला भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको वैठकमा आफ्नो विचार राख्दै सांसद सिंहले बाँकेको खजुरामा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले सभापति किरण कोइरालामाथि सुनियोजित रुपमा आक्रमण गरेको आरोप लगाए ।

प्रतिनिधिसभा संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनाबारे आइतबार सदनलाई जानकारी गराएपछि पुरक प्रश्न सोधेका सांसद सिंहले भने, ‘यो लोकतन्त्रमाथिको हमला हो । सत्तापक्षले पार्टीको संरक्षण र सम्बर्धनका लागि राज्यको गृह प्रशासन दुरूपयोग गरिरहेको छ ।’

उनले घटनास्थलको सुरक्षा दिन नसकेको भन्दै नेपाल प्रहरीको आलोचना समेत गरेका छन् । ‘नेपाल प्रहरीको नाम नेकपा प्रहरी राख्दा अन्यथा नहोला,’ उनले भने, ‘माथिकै निर्देशनमा घटना घटेको देखिन्छ ।’ गत बिहीबार नेकपा कार्यकर्ताले कांग्रेसको जागरण अभियानमा अवरोध गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँचिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७