ट्विटरले बन्द गरे क्युबाको सरकारी सञ्चार माध्यमको अकाउन्ट


२९ भाद्र २०७६, आईतवार
twitter hack

काठमाडौं, २९ भदौ (एनेन्सी) । सरकारी टेलिभिजनबाट क्युबाली राष्ट्रपति मिगुएल दियाज क्यानेलले सम्बोधन गरिरहेकै समयमा ट्विटरले क्य’बको सबै सरकारी सञ्चार माध्यमको ट्विटर बन्द गरेको छ ।


अमेरिकी नाकाबन्दीका कारण मुलुकमा इन्धन अभाव भएको सम्बन्धमा सरकारी टेलिभिजनबाट क्युबाली राष्ट्रपति क्यानेलले सम्बोधन गरिरहेकै समयमा ट्विटरले यस्तो कदम चालेको हो ।


आफ्नो सम्बोधनमा राष्ट्रपतिले इन्धन अभावका विषयमा जनतालाई प्रष्ट पार्दै यसबाट पर्नसक्ने प्रभावका बारेमा उल्लेख गरेका थिए । साथै उनले बिजुली कसरी बचाउने जस्ता विषयमा पनि सर्वसाधारणलाई जानकारी गराएका थिए ।


यस्तै क्य’बाका नेता राउल क्याटोको ट्विटर अकाउन्ट बन्द गरेको छ ।


क्युबाको परराष्ट्र मन्त्रालयले ट्विटरको प्रतिबन्धलाई कडा शब्दमा निन्दा गर्दै यसले सत्यको पक्षमा बोल्ने क्रान्तिकारीको आवाज दबाउने प्रयत्न गरेको आरोप लगाएको छ ।



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७