गोली हानेर हत्या, साथमा रहेको लुटियो पाँच लाख


२९ भाद्र २०७६, आईतवार
kurmi

बुटवल, २९ भदौं । रुपन्देहीमा आज (आइबार) दिउँसो भएको गोली काण्डको थप रहस्य खुलेको छ । लुटेरा समूहले सडकमै एक व्यक्तिको गोली हानी हत्या गरी साथमा रहेको नगद लुटेका छन् ।

बैंकबाट रकम लिएर फर्किदै गरेका ओमसतिया गाउँपालिका–५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका–३ मा हत्या भएको हो ।

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर पाँच लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिएका छन् । कुर्मीको घटनास्थलमै मृत्यु भएको छ । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७