सुरक्षा दिन गएका प्रहरीमाथि अभद्र व्यबहार गरेपछि ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा


२९ भाद्र २०७६, आईतवार
ज्ञानेन्द्र शाही

ललितपुर,  २९ भदाै :  आफुलाई भ्रष्टाचार विरुद्धको अभियन्ता दावी गर्ने ज्ञानबहादुर शाही भन्ने ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले हिरासतमा लिएको छ । सुरक्षा दिन गएका प्रहरीमाथि अभद्र व्यबहार गरेपछि शाहीलाई प्रहरीले हिरासतमा लिएको हो । 

शाहीले आइतबार अपरान्ह ललितपुरको पुल्चोकमा ‘नेपालका लागि नेपाली’ नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गर्दा झडप भएपछी सुरक्षा दिन गएको प्रहरीमाथी अभद्र व्यबहार गरेपछि प्रहरीले हिरासतमा लिएको ललितपुर परिसरको मुद्दा शाखाका डिएसपी सन्तोष तामाङले बताए । उनले भने, ‘हाम्रो प्रहरी टोलिमाथी अभद्र गरेपछी हामीले उनलाई जरुरी पक्राउ पुर्जी दिएर हिरासतमा लिएका छौं ।’ 

शनिवार साँझ नेपालगन्ज बिमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा उनीमाथि प्रश्न गरेका थिए । पत्रकारहरुले प्रश्नमाथि प्रश्न गरेपछि शाहीका सहयोगीले रोक्न खोज्ने क्रममा हात हालाहाल भएको हो । प्रश्नकर्ताले नाम ज्ञानबहादुर शाही भएपनि ज्ञानेन्द्र शाही भनेर उल्लेख गरेको, एसएलसीमा फेल भएको र सिएको नक्कली सर्टिफिकेट रहेको भनेर प्रश्न गरेपछि शाही र उनका समर्थक आक्रोशित भएका थिए ।

आक्रोशित शाही र उनका समूहल पत्रकारहरुमाथि नै हात हाल्ने प्रयास गरेको प्रहरीले जनाएको छ । शाहीका समर्थकहरुले पत्रकारहरुमाथि नै हातपात गरेपछि अवस्था तनावग्रस्त भएको थियो । अवस्था तानवग्रस्त भएपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर ललितपुर प्रहरी परिसरमा राखेको थियो । उनले सुरक्षा दिन खटिएका प्रहरीलाई नै अभद्र व्यबहार गरेका थिए ।

पक्राउ परेका शाहीले ‘गैर सैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५’ को ९(क) १ को घ बमोजिमको कसुर गरेको भन्दै अर्को छुट्टै मुद्दा समेत लगाउने प्रहरीले तयारी गरेको स्रोतको दावी छ। उक्त मुद्दामा १० देखि २० बर्षसम्म कैद र आरोपीको सम्पुर्ण सम्पत्ति जफत हुने कानुनी ब्यबस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७