खबरदारीको सम्मान गर्छौं तर, मन्त्री भट्टराईमाथि भएको दुर्व्यवहार गुण्डागर्दी हो : सचिवालय

विमानस्थलमा यात्रु दुर्व्यवहार गर्नेलाई एक वर्षसम्मको कैद र एक लाखसम्म जरिबाना


२९ भाद्र २०७६, आईतवार
Yogesh Bhattarai 1
a’waf/ /fli6«o;efsf] a}7sdf pkl:yt gjlgo’Qm ;:s[lt,ko{6g tyf gful/s p88ogdGqL of]u]zs”df/ e§/fO{ nufot ;f+;bx? .tl:a/ Mk|bLk/fh jGt,/f;;

काठमाडौं, २५ भदौ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सचिवालयले मन्त्रीमाथि भएको दुर्व्यवहारलाई खबरदारी नभएर गुण्डागर्दी भएको दाबी गरेको छ ।

आइतबार स्वकीय सचिव प्रेम गुरागाईले विज्ञप्तिमा जारी गरेर घटनाको भत्र्सना गरेका छन् । ‘जनताप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ गरिएका खबरदारीको हामी सदैब सम्मान गर्दछौं । तर, उक्त समूहले जहाजभित्र माननीय मन्त्रीज्यूप्रति गरेको दुर्व्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको हाम्रो ठहर छ’ सचिवालयले भनेको छ, ‘यो नियोजित घटनाको हामी भत्र्सना गर्दछौं ।’

यो समूहले पछिल्लो समय व्यक्त गर्दै आएको विचारपछि जानकार रहेको भन्दै मन्त्री भट्टराईको सचिवालयले ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा यो समूहले व्यक्त गरिरहेका विचार निकृष्ट मात्रै होइन हाम्रो संस्कृति र सभ्यता बिरोधी समेत छन्’ भनेको छ । संहासन गुमेपछि बिक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ले संविधान बिरोधी हर्कत गरिरहेको भन्दै मन्त्रीको सचिवालयले यसप्रति सचेत रहन लोकतान्त्रिक शक्तिहरुलाई अपील समेत गरेको छ ।

दुर्व्यबहार गर्नेप्रति मन्त्रीका सचिवालयले स्व. मदन भण्डारीको भनाई सापटी लिँदै भनेको छ, ‘दुनियाँमा पुँजीवादी स्यालहरूको कमी छैन। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्तै गर्छ, हात्ती लम्कँदै गर्छ।’

पछिल्लो समयमा सो समूहले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, राजनीतिक दलका नेता, अन्य मन्त्री र राज्यका संबैधानिक आयोगका प्रमुखहरुको बिषयमा दिइरहेको अभिव्यक्तिप्रति जानकार र सचेत रहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘लामो संघर्ष र बलिदानबाट प्राप्त भएको अभिव्यक्ति स्वतन्त्रताको हामी सदैब सम्मान गर्दछौं। तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा उक्त समूहले व्यक्त गरिरहेका विचार निकृष्ट मात्रै होइन हाम्रो संस्कृति र सभ्यता बिरोधी समेत छन्।’

मन्त्री भट्टराईको सचिवालयले पछिल्लो समयमा आफ्नो सिंहासन गुमेपछि बिक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संबिधान बिरोधी हर्कतहरु जारी राखेका बताउँदै यसप्रति सचेत रहन सबै लोकतान्त्रिक शक्तिहरुसँग अपिल समेत गरेको छ।

 Yogesh Press note

Press Note

 

प्रेस विज्ञप्ति

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यूमाथि (शनिबार,२८ भदौ २०७६) नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहारको घटना र त्यसपछि आएका समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । 

माननीय मन्त्रीज्यू २८ भदौ २०७६ मा बुद्ध एयरबाट कैलालीको धनगढी हुँदै डलफिन महोत्सव कार्यक्रममा सहभागी हुनका लागि टीकापुर पुग्नु भएको थियो । उहाँको शनिबार नै धनगढीबाट बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्व निर्धारित तालिका थियो । तर, टीकापुरमा निर्र्धारित समयभन्दा कार्यक्रम ढिला भएपछि धनगढीबाट फर्कन सम्भव भएन । आज (आइतबार, २९ भदौ २०७६) प्रतिनिधिसभामा मन्त्रालयको बारेमा माननीय सांसदज्यूको उत्तर दिनुपर्ने कार्यतालिका रहेका कारण शनिबार नै काठमाडौं फर्किनु पर्ने दबाबमा उहाँ हुनुहुन्थ्यो । त्यही कारण माननीय मन्त्रीज्यू बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किन टिकापुरबाट नेपालगञ्ज जानुभएको थियो । 

नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाज साँझ ६ः११ मा अवतरण भई आवश्यक प्रक्रियापछि ६ः४० मा अन्य यात्रुहरुको ‘बोर्डिङ’ भएको थियो । बोर्डिङ भएका यात्रुहरु मध्ये एक उछृङ्खल समूहले हुलहुज्जतका साथ जहाजबाट बाहिर निस्केर गालीगलौज गर्दै माननीय मन्त्रीज्यू पुगे लगत्तै अपशब्द प्रयोग गरेको थियो । त्यही समूह मध्येका एक जनाले ‘पारसका बिरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेका छौं र ?’ भन्दै दुव्र्यवहार गरेका थिए । माननीय मन्त्रीज्यूले उछृङ्खल समूहलाई कुनै उत्तर दिनु भएन । तर, अन्य यात्रुहरुलाई भने आफ्ना कारण परेको असुविधाप्रति क्षमा माग्नु भएको थियो ।

हाम्रो कारणले करिब १५ मिनेट ढिला हुन गई यात्रु महानुभावहरुलाई परेको असुविधाप्रति क्षमाप्रार्थी छौं । यो क्रममा यात्रु महानुभावहरु र बुद्ध एयरले देखाएको समझदारीप्रति हार्दिक आभार प्रकट 
गर्दछौं । तर, घटना र घटनापछि सोही समूहका सदस्यहरुले व्यक्त गरेको विचारप्रति भने हाम्रो गम्भिर आपत्ति रहेको छ । सरकार र जुनसुकै सरोकारवाला निकायलाई खबरदारी गर्नु आम नागरिकको कर्तव्य र अधिकार हो । जनताप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ गरिएका खबरदारीको हामी सदैब सम्मान गर्दछौं । तर, उक्त समूहले जहाजभित्र माननीय मन्त्रीज्यूप्रति गरेको दुव्र्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको हाम्रो ठहर छ । यो नियोजित घटनाको हामी भत्र्सना गर्दछौं । 

पछिल्लो समयमा सोही समूहले सम्मानीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, राजनीतिक दलका नेताज्यूहरु, अन्य मन्त्रीज्यूहरु र राज्यका सबैधानिक आयोगका प्रमुखज्यूहरुको बिषयमा दिइरहेको अभिव्यक्तिप्रति हामी जानकार र सचेत छौं । लामो संघर्ष र बलिदानबाट प्राप्त भएको अभिव्यक्ति स्वतन्त्रताको हामी सदैब सम्मान गर्दछौं । तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा उक्त समूहले व्यक्त गरिरहेका विचार निकृष्ट मात्रै होइन हाम्रो संस्कृति र सभ्यता बिरोधी समेत छन् । 

लोकतन्त्रप्रतिको हाम्रो निष्ठा र विश्वास अबिचलित छ । लोकतन्त्र प्राप्तिका निम्ति हामीले गरेको योगदान र बलिदानको गौरवमयी इतिहास हाम्रो अगाडि घाम जस्तै छर्लङ्ग छ । त्यही योगदान र बलिदानको जगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार जना सम्मानित नेताज्यूहरु प्रधानमन्त्री भइसक्नु भएको छ । वर्तमान सत्तारुढ दलका पाँच जना नेताज्यूहरुले प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । 

जीन्दगीभर स्वतन्त्रता र लोकतन्त्र प्राप्तिका निम्ति लडेकाहरुलाई कसैले लोकतन्त्रप्रतिको निष्ठालाई सम्झाई राख्नु सर्बथा गलत हुन्छ । कसैको पनि आलोचना र सुझाव हाम्रो लागि सधैं स्वागतयोग्य छ । तर, पछिल्लो समयमा आफ्नो सिंहासन गुमेपछि बिक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संबिधान बिरोधी हर्कतहरु जारी राखेका छन् । यसप्रति सचेत रहन सबै लोकतान्त्रिक शक्तिहरुसँग अपिल समेत गर्दछौं । साथै यस्ता ‘मण्डले प्रवृत्ति’ को बिरोध र धम्कीले रत्तिभर बिचलित नभई ‘समृद्ध नेपाल :  सुखी नेपाली’ को महान् उद्देश्य प्राप्तिका निम्ति अबिचलित रुपमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।

जननेता स्व.मदन भण्डारीले दिनुभएको अभिव्यक्तिको सम्झना यो बेला उपयुक्त हुन्छ । अनर्गल प्रचारको जबाफ दिँदै उहाँले भन्नुभएको थियो, ‘दुनियाँमा पुँजीवादी स्यालहरूको कमी छैन । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्तै गर्छ, हात्ती लम्कँदै गर्छ ।’ जनकवि स्व. नेत्रलाल अभागीले लेख्नु भएको छ ‘आँधी र हुरीसँग पौठेजोरी खेल्दै एउटा सतिसालमात्र ठिङ्ग उभिन सक्छ ।’ हो, यसप्रकारको आँधी हुरीसँग पौठेजोरी खेलेर सतिसाल जस्तै देश र जनताको पक्षमा ठिङ्ग उभिरहने प्रण गर्दछौं । 

२९ भदौ २०७६ 
………….
(प्रेम गुरागाई)
स्वकीय सचिव

 

विमानस्थलमा यात्रु दुर्व्यवहार गर्नेलाई एकवर्षसम्मको कैद र एकलाखसम्म जरिबाना

विमानस्थल हातामा यात्रु या कर्मचारीमाथि दुर्व्यवहार, हुलहुज्जतलाई कानुनले भने निषेध गरेको छ । नेपाल नागरिक उड्डयन ऐन, २०७३ ले हवाई यात्रुबाट हुने अवाञ्छित व्यवहारमा कसुर तथा सजायको व्यवस्था गरेको छ ।

ऐनको दफा– ८५ मा सो सम्बन्धी व्यवस्था छ ।  दफा ८५ को उपदफा (३) अनुसार कुनै यात्रुले विमानस्थलमा वायुसेवाका कर्मचारी, विमानस्थलमा कार्यरत कर्मचारी, हवाई यात्रु र अन्य व्यक्तिमाथि हातपात वा दुर्व्यवहार गर्न पाउँदैन ।

विमानस्थलको शान्ति सुव्यवस्थामा खलल पुग्ने कार्य पनि गर्न पाउँदैन । कदाचित् गरेमा यस्तो कार्यलाई अवांछित व्यवहार गरेको कसूर मानिनेछ । यस्तो कसुर गर्नेलाई  पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँ सम्म जरिबाना वा एक वर्षसम्म कैद हुने व्यवस्था ऐनमा छ । 

जहाजभित्रै मन्त्रीमाथि अभद्र व्यवहार दूर्भाग्यपूर्ण :  वायुसेवा प्रदायक

यसैबीच वायसेवा सञ्चालकहरुको संस्था नेपाल वायुसेवा सञ्चालक संघले शनिबार नेपालगञ्जमा भएको घटनाप्रति खेद प्रकट गरेको छ। मन्त्री विरुद्ध अभद्र व्यवहार भएको र यो दूर्भाग्यपूर्ण भएको संघले विज्ञप्तिमार्फत् जनाएको छ।

”मन्त्री ज्यूको दिनभरीको व्यस्थ कार्यक्रमको कारण केही समय ढिला भयो। त्यही आधारमा उहाँप्रति जुन व्यवाहर भयो यो सेफ्टीका हिसाबले पनि राम्रो भएन’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’जहाजभित्र सु-व्यवस्था र अनुशासन राख्नु, उडान सुरक्षा र हवाई सुरक्षाका लागि अपरिहार्य हो। यसमा यात्रुहरुले पनि ध्यान दिनुपर्छ।’

हवाई सेवा घरेलू कानूनमात्र नभएर अन्तर्राष्ट्रिय कानून तथा अभ्यासका आधारमा पनि चल्ने भएकाले यसमा सबै गम्भिर हुनुपर्ने संघको धारणा छ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७