२०७६ भदौं ३० गते सोमबारको तपाईको राशिफल


३० भाद्र २०७६, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउँला । बैदेशिक क्षेत्र कमजोर रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्न सक्छन् । आर्थिक कारोवारमा मन्दी आउने छ । पेटसम्बधी समस्याका साथै सामान हराउन सक्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणीय र सुखद् यात्राको योग छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । मंगल कार्यको योग छ । दिनको उत्तरार्ध सुखद रहने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउने छ । कुविचारमा मन जानेछ । अनावश्यक धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कुनै महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । उपहार पाइने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । अचल सम्पत्तिको कारोवार हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इच्छा र आकांक्षा पूर्ण हुने भएको छ । पारिवारिक भेटघाट हुनुका साथै इष्ट मित्रहरूसँग पनि मेलमिलाप हुनेछ । प्रेममा सफलतापनि पाईने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउँला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । नजिकको व्यक्तिबाट कार्य पूरा हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७