अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा


३० भाद्र २०७६, सोमबार
fuel

काठमाडौं, ३० भदौं । शनिबार साउदी अरेबियामा दुई वटा तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि कच्चा तेलको मूल्य पछिल्लो चार महिनायताकै उच्च रुपमा वृद्धि भएको छ ।

आपूर्ति कटौती भएसँगै ब्रेन्ट क्रुडमा इन्धनको मूल्य १९ प्रतिशतले बढेर प्रतिब्यारेल ७१ दशमलव ९६ डलर पुगेको छ । यस्तै वेस्ट टेक्सास इन्टरमिडियेटमा १५ प्रतिशतले बढेर ६३ दशमलव ३४ अमेरिकी डलर पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेको मौज्दात इन्धन निकासीका लागि स्वीकृति दिएपछि मूल्य केही कम हुने अनुमान गरिएको छ ।

उत्पादन कटौती भएको साउदी अरेबियाको तेल प्रशोधन केन्द्रबाट पूर्ण क्षमतामा उत्पादन हुन अझै केही दिन लाग्ने बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७