स्पेनिस ला लिगा : सेभिया उक्लियो शीर्ष स्थानमा


३० भाद्र २०७६, सोमबार
Sevilla vs Deportivo

काठमाडौं, ३० भदौं । स्पेनिस ला लिगा फुटबलमा सेभिया शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार भएको खेलमा डिपोर्टिभो आलाभेसलाई १–० गोल अन्तरले पराजित गर्दै १० अंकका साथ सेभिया शीर्ष स्थानमा उक्लिएको हो ।

एट्लेटिको मड्रिड ९ अंकका साथ दोस्रो स्थानमा छ भने रियल मड्रिड ८ अंकका साथ तेस्रो स्थानमा छ । सेभियाले घरेलु मैदानमा पहिलो हाफमै गरेको गोल नै अन्तिमसम्म कायम राखेको थियो । ३७ औंँ मिनेटमा जोन जोर्डनले निर्णायक गोल गरेका थिए ।

यस्तै अर्को खेलमा एस्पान्योलले एइबरमाथि २–१ गोलको जित निकालेको थियो । एस्पान्योलले १ गोलको अग्रता उल्टाउँदै जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा ५८ औंं मिनेटमा इभान रेमिसले गोल गर्दै एइबारको अग्रता बनाएका थिए ।

७६ औंं मिनेटमा फुकाण्डो फेरेराले गोल गर्दै एस्पान्योललाई खेलमा फर्काएका थिए । १–१ गोलको बराबरी भएको १३ मिनेटपछि ग्रानरियोले एस्पान्योलका लागि गोल गर्दै २–१ को जित दिलाउन सफल भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७