ब्राजिलका रिभाल्डो भन्छन्: मेसी नै विश्वका उत्कृष्ट खेलाडी हुन्


६ पुष २०७४, बिहीबार
rivaldo 1

रियो: ब्राजिलका दिग्गज फुटबलर रिभाल्डोले अर्जेन्टिनाका लिओनल मेसी नै अहिलेको सर्वश्रेष्ठ फुटबल खेलाडी भएको बताएका छन्। उनले मौका प्राप्त भएमा आफू मेसीसँग खेल्न तयार रहेको बताएका छन्।rivaldo 1

गोल डटकमलाई अन्तर्वार्ता दिनेक्रममा उनले भने, ‘म मेसीसँग खेल्न चाहन्छु। यो वास्तवमै रोमाञ्चक हुनेथियो। उनी विश्वका उत्कृष्ट खेलाडी हुन्।’ रिभाल्डो बार्सिलोनाले दुई पल्ट स्पेनिस लिगको उपाधि जित्दा टिमको प्रमुख सदस्य थिए।fondo 1

उनले अहिलेको तुलनामा आफ्नो बेलामा फुटबल खेल्न निकै गाह्रो पर्ने गरेको बताए। उनले अहिले फुटबलको स्तर केही खस्किएको आफूले महसुस गरेको बताए। ‘आजको तुलनामा मेरो समयमा राम्रा खेलाडीहरू थिए, जो सर्वश्रेष्ठ खेलाडीलाई पनि चुनौती दिन सक्थे। त्यतिबेला फिगो, डेल पियरो र टोट्टी जस्ता खेलाडी थिए,’ उनले भने।

वर्तमान अवस्थामा केही खेलाडीबाहेक अरु खेलाडीको नाम नसुनिने बताउँदै उनले भने, ‘मलाई लाग्छ, अहिले पनि म मेसी र रोनाल्डोलाई चुनौती दिन सक्छु।’ ४५ वर्षीय रिभाल्डोले १९९३ देखि २००३ को बीच ब्राजिलबाट ७४ खेल खेल्दै ३५ गोल गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७