अाजकाे राशिफल, वि.सं. २०७४ साल पुस ७ गते।


प्रकाशित मिति : December 22, 2017

वि.सं. २०७४ साल पुस ७ गते। शुक्रबार। इश्वी सन् २०१७ डिसेम्बर २२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– चतुर्थी, १९:१४ बजेउप्रान्त पञ्चमी। नक्षत्र– श्रवण, १७:०४ बजेउप्रान्त धनिष्ठा। योग– हर्षण, २९:३४ बजेउप्रान्त वज्र। करण– भद्रा, १९:१४ बजेदेखि वव, ३१:५४ बजेउप्रान्त वव। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मकर, ३०:०० बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:१२ बजे र दिनमान २५ घडी ५० पला। धनिष्ठा पञ्चक ३०:०० बजे प्रारम्भ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ अलंकारको प्राप्ति हुनेछ । कार्य शिद्धिको योग छ । शिक्षामा सफलता । सहयोग भाव आउला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आयआर्जनका स्रोतमा व्यवधान आउला । चोटपटक लाग्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य सम्पादनमा सहजता मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । साँझमा पैसा खर्च हुने योग छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चिताएको कामले तीव्रता लिनेछ । प्रेममा मधुरता छाउला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक लाभ रहला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । वस्त्रको कारोवारमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मान प्रतिष्ठामा बृद्धि होला । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । प्रेमीको सहयोग पाईनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सरकारी निकाएको भय रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । पारिवारिक समस्या रहला ।

मकर 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आत्मिक सन्तुस्टि मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बन्धु बान्धव बाट सहयोग मिल्नेछ । शुभ समाचार सुन्नमा आउला । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । मध्यम खालको दिन छ ।

प्रतिक्रिया दिनुहोस्