काष्ठमण्डप पुनर्निर्माणको काम आधा सकियो


३० भाद्र २०७६, सोमबार
kastha mandap

काठमाडौं, ३० भदौं । काष्ठमण्डप पुनर्निर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुपनै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको छ ।

निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । निर्माणमा अहिले दैनिक ३० जना कामदारले नियमित रुपमा काम गरिरहेका छन् ।

शुरुको समयमा निर्माणका लागि काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको थियो अब त्यो अवस्था आउँदैन नसक्ने अध्यक्ष शाक्यले बताए ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनर्निर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनर्निर्माणले गति लिएको छ ।

चार वर्षभित्र निर्माण कार्य सक्ने गरी सातौँ शताब्दीको काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको छ । नेपालको राजधानी काठमाडौंको नाम ‘काष्ठमण्डप’ बाट नै रहेको इतिहासमा उल्लेख छ ।
प्रयोग गरिएका चार वटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

अध्यक्ष शाक्यले भने, ‘२०७६ सालको असार मसान्तसम्ममा भुइँ तलाको कार्य सम्पन्न गर्ने लक्ष्य रहेको थियो सोहीअनुरुप काम अघि बढेको छ त्यसैले तोकिएको समयमा नै काम हुनेमा कुनै आशङ्का गर्नु पदैन ।’

ऐतिहासिक सम्पदा पुनर्निर्माणको लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई रु पाँच करोड ५० लाख सहयोग प्रदान गरिसकेको छ ।

थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकताअनुरुप ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७