हङकङमा निषेधाज्ञाको तोड्दै हजारौँ प्रदर्शनकारीद्वारा र्‍याली

चिनियाँ जनमुक्ति सेनाको शिविर बाहिर ईँटा प्रहार


३० भाद्र २०७६, सोमबार
hongkong

हङकङ, ३० भदौ । हङकङमा विवादस्पद सुपुर्दगी विधेयक फिर्ता भए पनि प्रर्दशन उग्र्र बन्दै गएको छ । प्रहरी निषेधाज्ञाको उल्लङ्घन गर्दै हजारौँ लोकतन्त्र पक्षधर प्रदर्शनकारीले र्‍याली निकालेपछि तनाव उत्पन्न भएको हो ।

कैयौँ व्यक्ति गम्भीर रूपमा घाइते हुनेगरी दिनभरि भएका प्रदर्शनपछि आइतवार राति पनि हङ्कङमा प्रहरी र प्रदर्शनकारीबिच झडपहरू भएका छन ।


दिउँसो लोकतन्त्र पक्षधर र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा हिंसात्मक झडप भएको थियो । मध्य हङ्कङमा प्रतिबन्धको उल्लङ्घन गर्दै र्यालीमा सहभागी भएका दशौँ हजारलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेका थिए ।


आन्दोलनकारीहरूले पेट्रोल बम प्रहार गरेका थिए, अवरोधहरू तेस्र्याएका थिए र एउटा रेल्वे स्टेशनमा क्षति र्पुयाएका थिए। केही प्रदर्शनकारीले ब्रिटिश कन्सुलेटबाहिर प्रदर्शन गर्दै आफ्नो पूर्वउपनिवेशको रक्षा गर्न माग गरेका थिए ।hongkong news


सयौँको सङ्ख्यामा प्रदर्शनकारीले ब्रिटेनको कन्सुलेटबाहिर प्रदर्शन गर्दै संयुक्त अधिराज्यले चीनलाई सन १९९७ मा हङ्कङ हस्तान्तरणका बेलामा प्रतिबद्धता जनाइएका स्वतन्त्रता सुनिश्चित गर्न दबाव दिनुपर्ने माग गरेका थिए ।


हाल खारेज गरिएको सुपुर्दगीसम्बन्धी विधेयकले हङ्कङमा बस्दै आएका मानिसहरूलाई चीनको मुख्य भूमिलाई सुपुर्दगी गर्न सम्भव तुल्याउने थियो । यसै महिनाको आरम्भमा उक्त विधेयक फिर्ता लिइएको थियो । तर आन्दोलनकारीहरूले पूर्ण लोकतन्त्रको बहाली हुनुपर्ने र प्रहरी दमनबारे अनुसन्धान गरिनुपर्ने माग गरिरहेका छन् ।


चिनियाँ जनमुक्ति सेनाको शिविर बाहिर ईँटा प्रहार

केही प्रदर्शनकारीले चिनियाँ जनमुक्ति सेनाको शिविर बाहिर रहेका प्रहरीमाथि ईँटा प्रहार गरेको समेत समाचारहरूमा जनाइएको छ । उक्त सैन्य इलाका हङ्कङको संसद् भवन र सरकारी कार्यलयहरू नजिकै अवस्थित रहेको छ ।


उनीहरूले जनगणतन्त्र चीन स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गरिएको एउटा ब्यानरमा पनि आगो लगाइदिएको रोयर्टस समाचार संस्थाले जनाएको छ।hongkong1


प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेपछि पानीको फोहरा हान्ने एउटा ट्रकमा आगो लागेको रोएटर्सले जनाएको छ ।


आन्दोलन भएका विश्वका अरू ठाउँमा पनि विगतमा प्रयोग गरिएको र पछि प्रदर्शनकारीलाई पहिचान गर्न मिल्ने किसिमको पानी अर्को फोहरामार्फत प्रहार गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७