वर्ल्डलिंकले ल्यायो दशैंका लागि विशेष अफर


३० भाद्र २०७६, सोमबार
dashain offer

काठमाडौं, ३० भदौं । नेपालकै अग्रणी इन्टरनेट प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनले नजिकिंदो चाडपर्वको अवसरमा बिशेष अफर ल्याएको छ ।

वर्ल्ड लिंकको आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने यस योजना अन्तर्गत इन्टरनेट जोड्दा सिजीको ३२ ईन्चको एलईडी टिभी प्राप्त गर्नुका साथै सोही शुल्कमा नेट टिभी जडान गर्न पाइने छ ।

दशैंमा इन्टरनेट साथै नेट टिभी र टिभी सेट अफर अन्तर्गत ग्राहकहरुले ४३ हजार सात सय ९० रुपैयाँको प्याकेज २५ हजार नौ सय ९० रुपैयाँमा प्राप्त गर्न सकिने जनाइएको छ ।

साथै अनुसार २५ हजार नौ सय ९० रुपैयाँ तिरेपछि सिजी कम्पनीको ३२ इन्चको एलईडी टिभीका साथै एक वर्षसम्म नेट टिभी र इन्टरनेट चलाउन पाइनेछ ।

वर्ल्ड लिंक कम्पनीको २५ एमबिपीएस, ४० एमबिपीएस र ६० एमबिपीएसको सेवा एक महिना, तीन महिना, ६ महिना र एक वर्षका लागि लिँदा अफर प्राप्त गर्न सकिने जनाइएको छ ।

त्यसैगरी, ११ हप्तासम्म वर्ल्डलिंकको नयाँ थपिएका ग्राहक र सेवा नविकरण गरेका ग्राहकबाट लक्की ड्रमार्फत एक सय जनालाई ४३ इन्चको सिजी कम्पनीकै एलईडी टिभी बम्पर उपहार प्रदान गरिने घिमिरेको भनाइ छ ।

त्यस्तै, प्रत्येक ग्राहकलाई खल्ती डिजीटल वालेटमा दुई सय ५० रुपैयाँको भौचर समेत प्रदान गरिने इटहरी शाखाका प्रबन्धक सुजित झाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७