फेरि झमेलामा इटहरीका मेयर चौधरी, अदालतमा मुद्दा दायर


३० भाद्र २०७६, सोमबार
819533101 dwariklal
dav

सुनसरी, ३० भदौं । इटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरी फेरि कानूनी झमेलामा परेका छन् ।

मेयर चौधरीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । उच्च अदालत विराटनगरमा कमला चौलागाईं, दुर्गा कुमारी प्रसाईं र खडानन्द आचार्यले अदालतको अवहेलना गरेको भन्दै इटहरीका मेयर चौधरीलाई कार्बाहीको माग गर्दै मुद्दा दायर गरेका हुन् ।

इटहरी उपमहानगरपालिका र मेयर चौधरीलाई विपक्षी बनाई दायर भएको निवेदनमा हदैसम्मको कारबाहीको माग गरिएको छ । मेयर चौधरीले गत भदौ २६ गते उच्च अदालत विराटनगरले गरेको आदेशपत्र च्यातेका थिए । सोही विषयलाई लिएर उनीविरुद्ध आइतबार मुद्दा दायर भएको हो ।

निवेदकहरुको आफ्नो निजी जग्गामा जथाभाबी ड्रेन र कल्भर्ट खन्ने काम भएकोले सो कार्य रोक्नको लागि अदालतले अन्तरीम आदेश दिएको थियो । सो आदेश बुझाउन गएका निवेदकहरुकै हातबाट खोसेर उनले आदेशपत्र च्यातेका थिए । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी हवल्दार पर्शुनारायण सिंहकै अगाडि उनले सो पत्र च्यातेका थिए ।

आदेशपत्र च्यातेर अदालतको अवहेलना गरेको साथै सरकारी खर्चमा जथाभाबी निजी जग्गा खनेको भन्दै अदालतमा निवेदन दिएको निवेदकहरुको भनाइ छ । कल्भर्ट वा बाटो बनाउने योजनाको फाइल माग्दा मेयर चौधरीले ’किन चाहियो’ भन्दै हप्काउने गरेको निवेदनमा उल्लेख गरिएको छ ।

साथै उनले आफ्नो अनुमति बिना कुनै पनि कागजात नदिन निर्देशन दिएको निवेदनमा उल्लेख छ ।
मेयर चौधरीले फाइल नक्सा अध्ययन नगरी हचुवाको भरमा कल्भर्ट बनाउने काम गरेको निवेदकको भनाइ छ । व्यक्तिगत रिसइबी साँध्नको लागि मेयर चौधरीले बदनीयतपूर्ण काम गरेको निवेदनमा उल्लेख गरिएको छ ।

मेयर चौधरीको काम पर्यावरणीय र प्रशासनिक रुपमा पनि ठीक नभएको उनीहरुको ठहर छ । मेयरको काम ’स्थानीय सरकार कार्य सञ्चालन ऐन २०७४’ विपरीत काम भएको भन्दै हदैसम्मको कार्बाहीको माग गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७