हिरासतमा रहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सम्झाइ–बुझाइ गर्‍यो रिहा


३० भाद्र २०७६, सोमबार
Gyanendra Shahi 1

काठमाडौं, ३० भदौं । महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका ज्ञानेन्द्र शाहीलाई छाडिएको छन् । उनलाई सम्झाइ–बुझाइ छाडिएको परिसरको मुद्दा फाँटका डिएसपी सन्तोष तामाङले जानकारी दिएका छन् ।

आइतबार पत्रकार सम्मेलनस्थलबाटै पक्राउ परेका शाहीलाई पक्राउ पूर्जी थमाउँदै हिरासतमा राखिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि बुद्ध एयरको विमानमा शाहीले अभद्र व्यवहार गरेका थिए । सोही मुद्दामा अनुसन्धान गर्न उनलाई हिरासतमा राखिएको प्रहरीको भनाइ थियो । तर, उनलाई अहिले मुद्दा नचलाई सम्झाइ–बुझाइ गरेर छाडिएको हो ।

मन्त्रीका कारण विमान उडानमा ढिलाइ भएको भन्दै उनीसहितका यात्रुले मन्त्रीमाथि अभद्र व्यवहार गरेका थिए । पर्यटन मन्त्री भट्टराई धनगढीमा भएको कार्यक्रम सकेर नेपालगञ्जबाट काठमाडौं आउन लाग्दा उनकै कारण केही समय विमान उडानमा ढिलाइ भएको थियो ।

यस विषयमा मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत माफी समेत मागिसकेका छन् । मन्त्री भट्टराईले पूर्व युवराज पारस शाहविरुद्ध ७ लाख हस्ताक्षर बुझाएको भन्दै प्लेनमा आफूमाथि अपमान गरिएको बताएका थिए । पत्रकार सम्मेलनमा शाहीमाथि नै प्रहार हुन थालेपछि प्रहरीले उनलाई सुरक्षाका लागि भन्दै ललितपुर परिसर पुर्‍याएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७