नदीको ढुङ्गामा डुंगा ठोक्किदा भारतको गोदावरीमा १२ को मृत्यु, ३० जना बेपत्ता


३० भाद्र २०७६, सोमबार
india 1

काठमाडौं, ३० भदौं । भारतको आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको डुंगा गोदावरी नदीमा पल्टिँदा १२ जनाको मृत्यु भएको छ । घटनामा ३० जना बेपत्ता छन् ।

आइतबार गोदावरी नदी हुँदै पर्यटकीय पापीकोन्डालु हिल्स जान लाग्दा ठूलो ढुंगामा ठोक्किएर डुंगा पल्टिएको हो । डुंगामा ६० जनाभन्दा बढी सवार रहेको र अझै ३० जना बेपत्ता रहेको बिबिसी हिन्दीले जनाएको छ । स्थानीयहरूले २७ जनालाई उद्धार गरेका छन् ।

बेपत्ताहरूको उद्धार गर्न सुरक्षाकर्मीहरू खटाइएका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले त्यस क्षेत्रमा सबै डुंगा बन्द गर्न आदेश दिएका छन् ।

उक्त डुंगा चालकले बिनाअनुमति चलाएको र ओभरलोडका कारण पल्टिएको भारतीय पर्यटन मन्त्रालयले बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दुःख व्यक्त गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७