प्राध्यापक छोराको मृत्यु शोक सहन नसकी बाबुले गरे आत्महत्या


३० भाद्र २०७६, सोमबार
death photo1

पाल्पा, ३० भदौं । छोराको मृत्युको शोक सहन नसकेर पाल्पामा एक बुवाले आत्महत्या गरेका छन् ।

पाल्पाको तानसेनस्थित सूर्योदय टेलिभिजनका अध्यक्ष एवं मेलेनियम कलेजका प्राध्यापक कृष्णप्रसाद तिमिल्सिनाको हृदयाघातका कारण मृत्यु भएपछि शोकमा परेका उनका बुवा भीमराज तिमिल्सिनाले आत्महत्या गरेका हुन् ।

४० वर्षीय छोराको मृत्यु भएको दुई दिनपछि शनिवार राति बुवाले आत्महत्या गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र जीसीले जानकारी दिए ।

६५ वर्षीय तिमिल्सिना लिचीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । बुवा र छोरा दुवैको मृत्युपछि परिवार शोकमा डुबेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७