एकैपल्ट तीन सन्तानको जन्म, डाक्टर नै चकित


३० भाद्र २०७६, सोमबार
3 baby

मोरङ, ३० भदौं । मोरङ पत्थरीकी एक महिलाले एकैपल्ट तीन सन्तानलाई जन्म दिएकी छन् ।
मोरङको पथरीशनिश्चरे–१ की भगवती खड्काले एकैपल्ट तीन सन्तान जन्माएकी हुन् ।

चार दिनअघि विराटनगरको नोबेल अस्पतालमा उनले तीन सन्तानलाई जन्म दिएकी हुन् । उनले अस्पतालमा पहिलो पटक दुई छोरी र एक छोरा गरी तीन सन्तानलाई जन्म दिएकी हुन ।

तीन बच्चा सकुशल र स्वस्थ जन्मिएकोमा डाक्टरहरु नै आश्चर्य मानिरहेका छन् ।तीन सन्तान र आमाको स्वास्थय अवस्था सकुशल रहेको परिवारजले बताएका छन् । भगवतीका श्रीमान मनोज बैदेशिक रोजगारीका क्रममा छन् ।

भगवतीका काका कुमार खडकाले परिवारमा पहिलोपटक तीन जना सन्तान जन्मिएकोमा खुशीसँगै आफूलाई समेत आश्चर्य लागेको बताएका छन् । उनका अनुसार आमा र बच्चा दुबैको स्वास्थ्य समेत सकुशल रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७