संविधान दिवसमा समाजवादी पार्टीले विरोध पनि नगर्ने, खुशी पनि नमनाउने


३० भाद्र २०७६, सोमबार
samajbadi

काठमाडौं, ३० भदौं । समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुशीयाली पनि नमाउने भएको छ ।

सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले आज एक विज्ञप्ति जारी गर्दै विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरिएको जनाएका छन् ।

समाजवादी पार्टीले उक्त दिन मुलुकका सातै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्कयता विषयक अन्तरक्रियात्मक कार्यक्रमको घोषणा समेत गरेको छ ।

samajbadi big

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७