वार्ता गर्न गएका पत्रकार सिंहदरबारबाट पक्राउ


३० भाद्र २०७६, सोमबार
lead 720 405
Policemen simulate an arrest during national security day in Nice, southeastern France, October 10, 2009. REUTERS/Eric Gaillard (FRANCE CRIME LAW SOCIETY) – GM1E5AA1L7N01

काठमाडौं, ३० भदौ ।
रेडियो नेपालबाट निष्कासित पत्रकार पुनर्बहालीको मागसहित वार्तामा गर्न गएका पत्रकार महासंघका केन्द्रीय प्रतिनिधिसहित अन्य पत्रकारलाई पक्राउ गरिएको छ ।

सोमबार दिउँसो वार्तापछि आफूहरूलाई प्रहरीले रेडियो नेपाल गेटबाटै पक्राउ गरेको महासंघका केन्द्रीय सदस्य मिन बमले बताए । पक्राउ पर्नेमा पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य यम विरही, जन्मदेव जैसी, मिन बम, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, योगेन्द्र बलायर, दिलीप पौडेल, निष्कासित पत्रकारहरू चक्र कुवँर र प्रकाश बम छन्।

रेडियो नेपाल दिपायबाट निकालिएका पत्रकार चक्र कुँवर, प्रकाश बम र सुनिता रावललाई पुनर्बहालीको मागसहित उनीहरू रेडियो नेपाल व्यवस्थापनसँग वार्ता गर्न गएका थिए। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसँग भएको वार्तामा कुरा नमिलेपछि वार्ता टोलीमा रहेकाहरू बाहिरिएका थिए।

वार्ता टोलीसहित करिब ४० को संख्यामा रहेका पत्रकारहरूले रेडियो नेपालको गेटमा ताला लगाउन खोजेपछि प्रहरी आइपुगेको थियो। ताला लगाउन खोज्दा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका पत्रकारहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७