उत्तर कोरियालीलाई नेपालमा लगानी गर्न प्रतिबन्ध, व्यवसाय बन्द गर्न दुई महिने म्याद

उत्तर कोरियाली व्यवसायीको भिसा अवधि थप्न रोक


३० भाद्र २०७६, सोमबार
north korea

काठमाडौं, ३० भदौं । नेपाल सरकारले उत्तर कोरियालीहरुलाई कुनै पनि व्यवसायमा लगानी गन प्रतिबन्ध लगाएको छ ।

सरकारले उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित नौ वटा व्यवसाय बन्द गर्न दुई महिनेको समय दिएको छ । भदौ तेस्रो साताबाट लागू हुने गरी दुई महिनाभित्र अर्थात अक्टोबर मसान्तसम्म व्यवसाय बन्द वा बिक्री गरेर नेपाल छाड्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको उद्योग विभागले जनाएको छ ।

विभागका निर्देशक प्रेम लुईटेलका अनुसार केही व्यवसाय सञ्चालनमा थिए भने केहि उद्योग विभागमा दर्ता भएर सञ्चालनको तयारीमा थिए । तर, संयुक्त राष्ट्रसंघको प्रतिबन्धका कारण नेपालबाट उत्तर कोरियाली लगानी फिर्ता पठाउन थालिएको विभागका निर्देशक लुईटेलले जानकारी दिएका छन् ।

उनकाअनुसार लगानी फिर्ता लैजान नेपालस्थित कोरियाली दूतावासलाई पटक–पटक आग्रह गरेको थियो । दुई पटकसम्म दूतावासका डीसीएम किम जोङसँग मौखिक साझदारी पनि भएको जनाइएको छ । तर, कार्यान्वयन नभएपछि परराष्ट्रमार्फत पत्राचार गर्नुका साथै उनीहरुको भिसा अवधि समेत थप नगरिएको निर्देशक लुईटेलले जानकारी दिएका छन् ।

विभागका अनुसार ९ वटा उत्तर कोरीयाली लगानीका व्यवसायमा संलग्न कामदारहरुको भिसा समेत अक्टोबर ३१ सम्मका लागि मात्रै थपिएको छ । उद्योग विभागकाअनुसार उत्तर कोरियाली नागरिकले नेपालमा अस्पताल, रेष्टुरेण्ट र सफ्टवेयर निमार्ण क्षेत्रका व्यवसायमा लगानी गरेका छन् ।

तनहुँको दमौलीमा नेकोर्यो अस्पतालमा ८० प्रतिशत शेयर उत्तर कोरियाली नागरिकको छ । साथै हिमालयन सोजी रेष्टुरेन्ट, होटल रिमिन एण्ड रेष्टुरेन्ट, योङबोङ चाण्ड आइटी कम्पनी, बोटोङगाङग रेष्टुरेन्ट एण्ड बार, पोङयाङ अकुग्यान नेपाल, मिनस रेष्टुरेन्ट एण्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन र पोङयाङ अकुग्यान रेष्टुरेन्ट उत्तर कोरियाली लगानी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७