राजेश पायल राईको घरमा आगलागी, गायक दाजुभाईको अवार्ड र प्रमाणपत्र जलेर नष्ट


३१ भाद्र २०७६, मंगलवार
rajesh payal rai and his brother12

काठमाडौं, ३१ भदौ ।  चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार दिउँसो आगलागी भएको उनको भाई गायक तथा संगितकार राई नविन जानकारी दिए । 

उहाँले आगलागीबाट मानवीय क्षती नभएको उनले बताए । टिभिको तार शट भई आगालागि भएको उनले जानकारी दिए ।  

मानवीय क्षति नभएपनि आगलागीबाट उनका अवार्ड, सम्मान पत्र र मायाको चिनो जलेर नष्ट भएको छ । गायक राईसँगै उनको भाई राई नवीनको पनि जलेर नष्ट भएको छ ।

award

दुई महिना कार्यक्रमको लागि अमेरिकामा रहेका गायक राजेश पायल राईले घटनाको बारे सामाजिक सञ्जालमा बताउँदै तत्काल नेपाल आउन नसक्ने पनि बताएका छन् । उनले भनेका छन्,‘यो घडिमा अहिलै घरमा आउन सकिन, सक्दिन पनि, मसँग पेशा छ, अनि बाध्यता पनि र आयोजकसँग अझै (अमेरिका ,क्यानडा) दुइ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ ।’

https://youtu.be/H6mgbhF75wg

उनले घटनामा छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल र  परिवार प्रति धन्यवाद व्यक्त गनुभएको छ ।

यसैगरी उनले  आफनो अवार्ड, सम्मान पत्र जले पनि तपाईहरुले दिएको आर्शिवाद उस्तै रहोस भन्ने कामना गरेका छन् । 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७