सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ्ग सेवा सुनकोशी गाउँपालिका खाल्टेमा


३० भाद्र २०७६, सोमबार

सिन्धुली,३० भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।


यसै क्रममा बैंकले सिन्धुली जिल्लाकोे सुनकोशी गाउँपालिका खाल्टेमा यहि भाद्र २७ गतेबाट १०१ ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी किर्तिमान नेपालीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सोहि अवसरमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंकले नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले अमारे माध्यमिक विद्यालयलाई ४ थान कम्प्युटर प्रदान गरेको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७