सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग


३१ भाद्र २०७६, मंगलवार
Quest photo 486WFXvPlC

काठमाडौं,३० भदौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत क्विस्ट सोसियल क्लवका विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ ।


बैंकले प्रदेश नं. ३ ललितपुर महानगरपालिका ७ ग्वार्कोमा सन्चालित क्विस्ट इन्टरनेशनल कलेज अन्तर्गतको क्विस्ट सोसियल क्लवका विद्यार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको हो ।

बैंकको सहकार्यमा क्विस्ट इन्टरनेशनल कलेज अन्तर्गतको क्विस्ट सोसियल क्लवका बिधार्थीहरुद्वारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई कार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाख लाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७