रकम अनियमितता आरोपमा गाउँपालिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी


३१ भाद्र २०७६, मंगलवार
1568635229Krishna Kc

जाजरकोट, ३१ भदौ । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा विभिन्न योजनाको रकम अनियमितता गरेको भन्दै उजुरी परेको छ । विभिन्न योजना छनोट तथा सामग्री खरिद प्रक्रियामा करोडौं रकम अनियमितता गरेको भन्दै गाउँपालिका अध्यक्ष कृष्ण केसीविरुद्ध उजुरी परेको हो ।

योजनाका रकम आफूखुसी दुरुपयोग गरेको, सम्पन्न नभएका काममा भुक्तानी लिएको, विद्यालयमा आफू अनुकलका शिक्षक नियक्त गरेको र गाउँपालिकाको सामग्री खरिदमा रकम अनियमितता गरेको लगायतका आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।

गाउँपालिकामा पर्ने मजकोट खोला जलविद्युत आयोजना, नरमरादेखि लुहादहसम्मको सडक स्तरोन्नतीको काम सम्पन्न नगरी आर्थिक अनियमितता गरेको उनीमाथि आरोप छ । त्यस्तै केसीमाथि सोही गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयमा आफै व्यवस्थापन समिति अध्यक्ष हुँदा विद्यालयको नाममा भवन निर्माण तथा शैक्षिक सामग्री खरिदका लागि छुट््याइएको रकम हिनामिना गरेको पनि आरोप छ ।

यस्तै, नरमरा–लुहादह–जुम्ला सडक स्तरोन्नतीको लागि गाउँपालिकाबाट विनियोजित ४० लाख, आर्थिक वर्ष ०७४÷७५ मा सोही सडक निर्माणका लागि विनियोजित ६० लाख, आर्थिक वर्ष ०७५÷७६ मा सांसद कोषबाट विनियोजित रकम हिनामिना गरेको आरोप लगाइएको छ ।
प्रारम्भीक अनुसन्धान प्रक्रिया अघि बढाइएके आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

गाउँपालिका अध्यक्षविरुद्ध परेको उजुरीका आधारमा अख्तियारले प्रतिक्रियसहित विवरण पठाउन भन्दै पत्र पठाएको छ । गाउँपालिकाका नाममा पत्र प्राप्त भएको मितिले सात दिनभिन विवरण पठाउन ताकेता गरी पत्र पठाए पनि विवरण भने पठाइएको छ ।

असार ८ गतेको मितिमा काटिएको पत्र ईमेलमार्फत गाउँपालिकालाई पठाए पनि दुई महिना बित्दासमेत कुनै प्रतिक्रिया नआएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७