धान खेतमा भेटियो गोही, प्रहरीद्धारा उद्धार


३१ भाद्र २०७६, मंगलवार
crocodile 1

कोहलपुर, ३१ भदौ ।
कोहलपुर प्रहरीले धान खेतबाट गोहीलाई उद्धार गरेको छ । आईतबार राती कोहलपुर नगरपालिका वडा नं। १४ ओडारपुरस्थित खेतमा गोही भेटिएको थियो ।

६ फिट लामो गोही अलपत्र अवस्थामा भेटिएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको गस्ती टोलीले गोहीको उद्धार गरेको कोहलपुर प्रहरी प्रमुख हेम बहादुर शाहीले जानकारी दिए ।

उद्धार गरीएको गोहीलाई संरक्षणका मंगलबार लागि बाँके राष्ट्रिय निकुञ्जको कार्यालय ओभरीमा पठाइएको शाहीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७