कर्णालीका ३० हजार बालबालिका विद्यालय पहुँच बाहिर


३१ भाद्र २०७६, मंगलवार
child labour

सुर्खेत, ३१ भदौ ।
गरिबी र शिक्षाको स्तर निकै कम रहेको कर्णाली प्रदेशमा अँझै ६७ प्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् । एक अध्ययन अनुसार कर्णालीका १० जिम्मा जम्मा ३० हजार बालबालिका अँझै पनि विद्यालयको पहुँच बाहिर छन् ।

अधिकांश गरिब परिवारका भएका कारण सानैदेखि कामकाजमा लाग्नुपर्ने, कुनै न कुनै किसिमले श्रम गरिरहेकाहरु परेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यी बालबालिकाहरु अधिकांश श्रमिक छन् ।

यस्तै केही बालबालिका विद्यालयसम्म पुग्ने आर्थिक हैसियत नभएका कारण अभिभावकसँगै श्रमिकका रुपमा काम गरिहेका छन् । तथ्यांकमा समावेश बालबालिका १५ वर्षमुनिका छन् ।

मन्त्रालयका बालअधिकार अधिकृत डम्बर रोकायकाले यीमध्ये २४ प्रतिशत बालबालिकाहरु आर्थिक गतिविधिमा र ४३ प्रतिशत बालबालिकाहरु अन्य श्रममा संलग्न रहेका बताए । ‘सडक बालाबालिकाको संख्या पनि धेरै छ,’ उनले भने, ‘त्यस्तै बालबिवाह गर्नेहरुको पनि धेरै छन् ।

सानै उमेरमा बिवा गर्ने र त्यसपछि विद्यालय छोड्ने दर पनि उच्च छ ।’ कर्णाली प्रदेशका विभिन्न जिल्लाका बालबालिका श्रम गर्न भारत लगायतका मुलुकहरुमा जाने धेरै पाइन्छ । उनीहरू भारत लगायतका मुलुकमा परिवारसँगै जाने श्रम गर्ने गर्छन् ।

यस्तै हिमाली जिल्लाका ६ प्रतिशत बालबालिका विद्यालयमा भर्नासमेत हुन पाएका छैनन् । चेतनाको कमी, गरिबी लगायतका कारण पढ्ने उमेरमा अभिभावकसँग वा एक्लै भए पनि मजुरका रुपमा काम गर्न बाध्य छन् । त्यो संख्या करीब ३० हजार जति छ ।

सरकारी तथा गैर सरकारी क्षेत्रबाट विभिन्न कार्यक्रमहरु सञ्चालन भए पनि त्यो प्रभावकारी हुनसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७