सार्वजनिकस्थलमै कुटिए प्रहरीका असई, विभिन्न् कार्यालयका पाँच कर्मचारी पक्राउ


३१ भाद्र २०७६, मंगलवार
police

बाजुरा, ३१ भदौं । बाजुरामा प्रहरीका एक असई सार्वजनिक स्थलमै कुटिएका छन् ।
बाजुरा सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मानबहादुर चन्दमाथि आइतबार राति मादक पदार्थ सेवन गरेको समूहले कुटपिट गर्दा उनी घाइते भएको प्रहरी निरीक्षक जनक ढुङ्गानाले दिएका छन् ।

‘मादक पदार्थ खाएर होहल्ला गर्दै हिंडेकी एक महिलालाई नियन्त्रण लिन लाग्नु भएको थियो । अरू प्रहरी अन्तै व्यस्त थिए । त्यही बेला ती महिलासँगै रहेका ७–८ जनाले पछाडिबाट ढुङ्गा हान्दा उहाँ घाइते हुनु भएको हो’, ढुंगानाले भने ।

आक्रमण गरेर भागेकाहरूलाई राति नै पक्राउ गरिएको र उनीहरूमाथि सार्वजनिक मुद्दा चलाइएको उनले जानकारी दिएका छन् ।

pakrau 2
फोटोः प्रकाश सिंहको ट्वीटरबाट

पक्राउ पर्नेमा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत अमृत बोहरा र केशव गिरी सरकारी वकील कार्यालयका कार्यालय सहयोगी हरिशंकर जोशी, बडिमालिका नगरपालिमा कार्यरत प्राविधिक गोरख थापा र मेरी स्टोप सेन्टरमा कार्यरत अनमी धनी थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

असई चन्दको अनुहार र शरीरमा चोट लागेको छ । अन्य प्रहरी जवानहरूको पनि शरीरमा चोट लागेको छ । घाइते चन्दको गालाको दाहिने भागको अनुहारको हड्डी चर्केकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएकाले जिल्ला बाहिर रिफर गरिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७