बाढीबाट पाँच सय घरपरिवार प्रभावित


३१ भाद्र २०७६, मंगलवार
hqdefault

पोखरा, ३१ भदौ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका पाँचसय बढी परिवार प्रभवित बनेका छन् ।

सोमबार राति १० बजेदेखि बिहान ३ बजेसम्म लगातार मुसलधारे पानीका कारण खोला उर्लिएपछि मध्यराति नै स्थानीयले सुरक्षित बासस्थानका लागि घर छोडेको स्थानीइ दानबहादुर विकले जानकारी दिए ।

बाढीले नयाँबस्ती, डुढेको फाँट, घाटीछिना, ठूलाखेत, बाम्दी, चनौटेसहित पोखरा २४ को कार्कीको तहरालगायत स्थानमा क्षति पु¥याएको बताउँदै उनले एकसय बढी घर उच्च जोखिममा रहेको बताए । फेवातालको सिरमा रहेको सो खोलामा आएको बाढीका कारण स्थानीय बासिन्दा रातभर जाग्राम बसेका र खोलाको कटानले फाँटमा लगाएको सयौँ रोपनी जग्गाको धानबालीसमेत बगाएको छ ।


पोखरा २३ का वडाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाका अनुसार बाढीले भौतिक संरचनामा ठूलै क्षति पु¥याए पनि मानवीय क्षति भने भएको छैन । खोला बढेसँगै बस्ती कटान नियन्त्रणका लागि भरिएका तारजाली बगाएको र पानी पर्ने क्रम निरन्तर भएमा ठूलै क्षति हुने खतरा देखिएको उनले जानकारी दिए ।

हर्पन खोलाका साथै ठाउँठाउँबाट आएका खहरे खोलाले पामे पोखरा सडक मार्ग अवरुद्ध भएपछि जेसिभी लगाएर बाटो खुलाउने प्रयास गरिएको वडाध्यक्ष तिमिल्सिनाको भनाइ थियो । यसअघि २०७२ सालमा आएको बाढीका कारण उक्त क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो ।

बाढीले पोखरा २४ मा टङ्कबहादुर खड्काले सञ्चालन गरेको समाज सुधार कृषि फार्ममा १ सय २५ वटा कुखुरा मर्नाका साथै पामे बजारका तीन घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७