नेकपा इटहरी कार्यालयमा तालबन्दी


३१ भाद्र २०७६, मंगलवार
nekapa

इटहरी, ३१ भदौ ।
नगरकमिटी गठनको विषयमा विवाद हुँदा नेकपा प्रदेश कार्यालय इटहरीमा तालान्दी भएको छ । कमिटी गठनमा असन्तुष्ट पक्षका समूहले मंगलबार दिउसो प्रदेश कार्यालयमा तालाबन्दी गरेका हो ।
तीन साताअघि पनि सोही समूहले इटहरी नगर पार्टी कार्यालय तालाबन्दी गरेको थियो।

ताला लागेपछि विवाद समाधान गर्न पटकपटक छलफल भए पनि सहमति जुट्न सकेको छैन ।
पार्टीको विधान मिचेर बनाइएको नगरसमिति नमान्ने भन्दै एक समूहले संशोधनको माग गरेको छ।

लामो समय खोटाङमा राजनीति गरेर केही वर्षअघि इटहरी आएका काशीनाथ दंगाललाई नगर कमिटी सचिव बनाएको भन्दै नेकपाको एउटा समूहले असन्तुष्टि जनाएको हो ।

विरोधमा उत्रिएका पूर्वएमाले वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र गौतमले स्थानीय र पार्टीमा लामो समय योगदान गरेकालाई पहिलो प्राथमिकता नदिएकोले संसोधन गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७