सिद्धार्थ बैंकका शेयरधनीलाई २५.२६ प्रतिशतको आकर्षक लाभांश प्रस्ताव


३१ भाद्र २०७६, मंगलवार
1531745643sidhartha

काठमाडौं,३१ भदौ । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५र७६ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।


मिति २०७६र५र३० मा बसेको सञ्चालक समितिको ३२३औं बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश ९बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि समेत० गरी कुल २५.२६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको हालको चुक्ता पूँजी ८ अर्व ८८ करोड ७६ लाख ४ हजार ५ सय ४० मा १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति पश्चात साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७