बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरीमा रोकियो बार्सिलोना


१ आश्विन २०७६, बुधबार

काठमाडौं, १ असोज । युरोपियन च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

घरेलु टिम डर्टमण्डले अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझायो । मार्को रिउसको प्रहारलाई बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले असफल बनाएका थिए । बार्साका लागि लियोनल मेस्सी मैदानमा उत्रिए पनि त्यति प्रभाव जमाउन सकेनन् ।

बार्साका प्रशिक्षकले मेस्सीलाई शुरुवातमा बेन्चमा राखेर युवा खेलाडी फाटीलाई सेटमा राखेका थिए । जसका कारण फाटीले कम उमेरमा च्याम्पियन्स लिगमा डेब्यू गरेका थिए । उनी १६ वर्ष तीन सय दिनमा च्याम्पियन्स लिगमा डेब्यू गर्दै कम उमेरमा यो प्रतियोगिता खेल्ने खेलाडी बनेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७