अरुण नदीमा जीप खस्दा बेपत्ता भएका यात्रुकाे पहिचान खुल्यो


१ आश्विन २०७६, बुधबार
arun river

खाँदबारी, १ असोज । जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप अरुण नदीमा खसेर दुर्घटना भएकाे  छ । गएराति १०ः३० बजे धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को १ ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो ।

दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छ । दुर्घटनामा एकै परिवारका तीन रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन् ।
त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता छन् । जिप अरुणमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालन गरिएको थियो । केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।

लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नुपर्छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी पुगिसकेका छन् । 

जिपले दुई जना बिरामी बोकेको थियो। बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि सुनसरीको धरानस्थ्ति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा बेपत्ताहरुको खोजी कार्य जारी रहेको डिएसपी लामाले जानकारी दिए। त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण खोजी कार्यमा समेत कठिनाइ भएको प्रहरीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७