कर्मचारीलाई खुशीको खबर, सञ्चयकर्तालाई सहुलियतमा घर


१ आश्विन २०७६, बुधबार
home loan

काठमाडौं, १ असोज । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूलाई सहुलियतमा घर उपलब्ध गराउने कार्यक्रम ल्याउने भएको छ । तर यसरी उपलब्ध गराउने घरको मूल्य भने सञ्चयकर्ताले तिर्नुपर्ने जनाइएको छ ।

सञ्चयकर्ताले कमाएको जति खान र बस्नमा धेरै खर्च भएर बचत न्यून हुँदै गएपछि सुरक्षित जीवनका लागि अवकास योजना अन्तर्गत यो कार्यक्रम शुरू गर्न लागिएको सञ्चय कोषका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद गौतमले जानकारी दिएका छन् ।

सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरू जो सञ्चयकोषमा सञ्चयकर्ता छन् । उनीहरूले यस्तो सुविधा पाउने छन् । यसमा सञ्चय कोषले जग्गा खरिद गरेर त्यसमा हाउजिङ वा सामूहिक आवासको संरचना बनाउने छ । त्यसरी बनेको आवासको लागतमा बढीमा १० प्रतिशत जोडेर सञ्चयकर्तालाई कोषले उपलब्ध गराउने छ ।

यसको परीक्षणको रूपमा कोषले चितवनमा रहेको जग्गामा हाउजिङ बनाउने काम पनि सुरू गरिसहेको गौतमले जानकारी दिएका छन् । चितवनका लागि घरको डिजाइनको काम सकिएको उनले बताए ।

यो कार्यक्रमका लागि जग्गा खरिद कठिन भएको तै पनि विस्तारै सबैतिर विस्तार गर्दै जाने उनको भनाइ छ।हाल कोषमा ६ लाख संचयकर्ता रहेका छन् । जसमा १ लाख ६० हजारजति निजी क्षेत्रमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७