खजुरी घटनाका दोषीलाई कार्वाही गर्ने प्रतिवद्धतापछि चल्यो संसद बैठक


१ आश्विन २०७६, बुधबार
samsad bhawan 1 GYtZbbFHXW

काठमाडौं, १ असोज । बाँके घटनाका दोषीहरुमाथि सरकारले कार्वाही गर्ने प्रतिवद्धता जनाएपछि प्रमुख प्रतिपक्ष दल कांग्रेस प्रतिनिधि सभाको संसद बैठक सुचालु गर्न सहमत भएको छ ।

बुधबारको बैठक शुरु हुनासाथ कांग्रेस सांसदले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुलाई बोल्न समय दिएका थिए । बडुले बाँके घटनामा संलग्नहरुलाई सरकारले कार्वाही गर्ने प्रतिवद्धता नजनाए बैठक चल्न नदिने बताए ।

लगत्तै सभामुख कृष्णबहादुर महराले सरकारका तर्फबाट कनुनमन्त्री भानुभक्त ढकाललाई जवाफ दिन समय दिएका थिए । मन्त्री ढकालले सरकारका तर्फबाट घटनाबारे जवाफ दिंदै प्रधानमन्त्री केपी ओलीले समेत उक्त घटानका दोषीलाई कार्वाही गर्ने बचनवद्धता प्रकट गरेको र घटनामा संलग्न भएको भन्दै प्रहरीले किटानी जाहेरी समेत लिएको अवस्थामा दोषीलाई कावार्ही गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

‘घटनामा संलग्न व्यक्तिको कार्वाहीको विषयमा जाहेरी लिइसकेको र उनीहरुलाई कानुनी दायरामा ल्याउन सरकार तर्फबाट विश्वास दिलाउन चाहन्छु’, मन्त्री ढकालले प्रतिवद्धता जनाए । उनले गल्ति नगरेका नफस्ने र गल्ती गरेका नउम्कने समेत दावी गरे ।

गएको साता बाँकेको खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रसको हलमा जारी काङ्ग्रेसको जागरण कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले आक्रमणका गर्दा बाँके काङ्ग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो । सो घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कार्वाही गर्नुपर्ने भन्दै कांग्रेसले सदन अवरोध गर्दै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७