सल्यानको श्रीनगरमा खुल्यो एनआइसी एशिया बैंकको शाखा


१ आश्विन २०७६, बुधबार
nic 3

सल्यान, १ असोज । सल्यानको श्रीनगरमा एनआइसी एशिया बैंकको नयाँ शाखा विस्तार गरिएको छ । भदौ ३१ गतेदेखि शारदा नगरपालिका–१ श्रीनगरमा शाखा सञ्चालनमा आएको हो ।

शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले सो शाखाको उद्घाटन गरेका हुन् । श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

यस बैंकका मुलुकभर २९८ शाखा, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउन्टर एवम् ४१ वटा शाखारहित बैंकिङ सेवा सञ्चालित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७