२०७६ असोज २ गते बिहीबारको तपाईको राशिफल


२ आश्विन २०७६, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका काम पुनः शुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । प्रेम प्रसङ्गमा रमाइलोपन आउने छ । धार्मिक यात्राको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभकार्यको चर्चा चल्ने छ । चिताएको कामले तीव्रता लिनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । चोट पटकको भय पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिना प्रतिष्पर्धा फाइदा हुने योग छ । वाक्चतुर्याइँले सङ्कल्प सिद्ध हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । । दैनिक कार्यमा प्रगति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्यहरू पूरा हुनेछन् । आकस्मिक धन लाभ होला । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
इच्छा र आकांक्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमणीय र सुखद् यात्राको योग छ । बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । अधुरो काम पूरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
समय निकै उत्साहजनक रहनेछ । लगनशीलताले कामहरु अगाडि बढ्ने छन् । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चोट पटकको भयछ सचेत रहनुहोला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । घरायसी काम धन्दाका लागि खट्नु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक उन्नति हुनुका साथै पदोन्नतिको अवसर पनि मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पूरा हुनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक कारोवारमा मन्दी आउने छ । आर्थिक कारोवारमा बिवाद आउने छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । स्वास्थ्य सबल रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक कारोवारमा बिवाद बढ्ने छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७