क्याटालोनियाको मध्यावधिक चुनावमा स्वतन्त्र पक्षधर पार्टीलाई बहुमत


७ पुष २०७४, शुक्रबार
catoloniya 1

काठमाडौं (एजेन्सी) : क्याटालोनियामा भएको मध्यावधिक चुनावमा स्पेनबाट स्वतन्त्र हुने पक्षमा रहेका पार्टीले बहुमत ल्याएको छ ।catoloniya 2

स्पेनको स्वायत्त राज्य क्याटालोनियाको संसदको एक सय ३५ सिटको लागि भएको मध्यावधिक चुनावमा स्पेनबाट अलग हुने पक्षमा रहेका पार्टीहरुको गठबन्धनले बहुमत ल्याएको हो । उनले ७० सिट जितेको छ ।
द प्रो–इनडिपेनडेन्स पार्टिज टुग्यादर फर क्याटालोनिया (जेएक्सक्याट), रिपब्लिकन लेफ्ट अफ क्याटालोनिया (इआरसी) र पपुर युनिटी (सियुपी)ले गरी ७० सिटी जितेका हुन्, यो संसदमा स्पष्ट बहुमत हो ।
तर पहिलो दल भने स्वायत्त राज्यको रुपमा क्याटालोनिया स्पेनमै रहनु पर्ने पक्षमा रहेको सिटिजन्स पार्टीले जितेको छ । सिटिजन्स पार्टीले ३७ सिट जितेको छ ।
क्याटालोनियामा सरकार बनाउनका लागि पहिलो प्राथमिकता सिटिजन्स पार्टीले नै पाउने छ । तर क्याटालोनियाको स्वतन्त्रताको पक्षमा रहेका पार्टीले गठबन्धन बनाएकोले सरकार उनीहरुले नै बनाउने सम्भावना छ ।

गएको अक्टोबरमा भएको जनमतसंग्रहमा क्याटालोनियाको स्वतन्त्रताको पक्षमा मतदान भएको थियो । यो जनमतसंग्रहलाई स्पेनको केन्द्र सरकार तथा संवैधानिक अदालतले अवैध घोषणा गरेको थियो ।

त्यसपछि चुलिएको विवादपछि मड्रिड केन्द्र सरकारले क्याटालोनियाको सरकार भंग गर्दै शासन आफ्नो हातमा लिएर मध्यावधिक चुनावको घोषणा गरेको थियो । चुनावमा स्वतन्त्रताको पक्षमा रहेका पार्टीको गठबन्धनले बहुमत सिटी जितेपछि स्पेनको केन्द्र सरकारलाई झड्का लागेको छ ।
स्पेनको उत्तर–पूर्वी तटीय क्षेत्रमा रहेको क्याटालोनियामा बिहीबार भएको चुनावमा ८० प्रतिशत भन्दा बढी मत खसेको थियो ।

क्याटालोनिया आफ्नै भाषा तथा सँस्कृति रहेको एक स्वायत्त राज्य हो । यो स्पेनको सबैभन्दा समृद्ध र औद्योगिक क्षेत्र हो । स्पेनको अर्थ व्यवस्थामा क्याटालोनिया एक्लैको २२ प्रतिशत भन्दा बढी हिस्सा रहेको छ । स्पेनको कुल जनसंख्याको १६ प्रतिशत बसोबास क्याटालोनियामा छ । तर स्पेनको कुल ग्राहस्थ उत्पादनमा क्याटालोनियाको भूमिका १९ प्रतिशत तथा निर्यातमा २५ प्रतिशत रहेको छ ।

स्पेन आफैमा एक महासंघ मात्रै नभएर धेरै हदसम्म विकेन्द्रिकृत एकीकृत देश हो । स्पेनभित्र जम्मा १७ स्वायत्त क्षेत्र छन्, ती सबैका आ–आफ्नै झण्डा र सरकार छन् ।

catoleniya

catoloniya 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७