‘लप्पन छप्पन-२’ मा सौगात र अर्पणको यस्तो लुक्स


२ आश्विन २०७६, बिहीबार
lc21

काठमाडौं, २ असोज । यस वर्षको महाशिवरात्रीमा प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

अभिनेता द्वय सौगात मल्ल र अर्पण थापालाई मात्र स्थान दिइएको फिल्मको सार्वजनिक पोस्टर आकर्षक बनाइएको छ । पोस्टरमा सौगात र अर्पणलाई निकै फरक लुक्समा देख्न सकिन्छ । अभिनेता अर्पणको हेयर स्टाइलले ध्यान खिच्न सक्छ ।

यो फिल्मको अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण ‘लप्पन छप्पन २’ मा नेगेटिभ रोलमा छन् । पोस्टरमा देखिएको यी दुईको फरक लुक्सले दर्शकमा फिल्मप्रति उत्सुकता र कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ । पोस्टरको पृष्ठभूमिमा फिल्मका केही कलाकारहरु फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावरतर्फ हेर्दै गरेको देख्न सकिन्छ ।

गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लप्पन छप्पन’ ले बक्सअफिसमा खासै राम्रो व्यापार गर्न सकेको थिएन । तर, निर्माण टिमले फिल्मको अफलताको बावजूद पनि दोस्रो श्रृंखला निर्माण गर्ने चुनौती मोलेको छ ।

केही दिनमा यो फिल्मको बाँकी छायांकन अष्ट्रेलियामा हुँदैछ । फिल्मका निर्देशक मुकुन्द भट्ट हुन् । अघिल्लो पार्ट पनि उनले नै निर्देशन गरेका थिए । ‘लप्पन छप्पन २’ मा सौगातको पिताको भूमिका अभिनेता शिव श्रेष्ठले निभाएका छन् ।

फिल्ममा सौगात र अर्पणसँगै दयाहाङ राई, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय छ । पुरुषोत्तम प्रधान छायाँकार रहेको फिल्मलार्ई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७