नेपालमै यस्तोसम्म, बाबुले पठाए आफ्नै छोरीलाई ‘सेक्स टोय’ उपहार


२ आश्विन २०७६, बिहीबार
cyber security

काठमाडौं, २ असोज । सामाजिक सञ्जालको प्रयोग बढेसँगै नेपाली समाजमा यसले विभिन्न खालका समस्याहरु पनि बढाइरहेको छ । सामाजिक सञ्जाललाई दुरुपयोग गर्दा कतिले ज्यान गुमाउन वाध्य भएका छन्, कति नैतिक रुपमा पतन भएका छन् भने कति कारागारसम्म पनि पुगेका छन् ।

सामाजिक सञ्जालको गलतका कारण एक व्यक्ति अनौठो र सोच्दा समेत अचम्मित बनाउने घटनाका कारण साइबर क्राइमको मुद्दामा परेका छन् । उनी आफ्नै छोरीलाई ‘सेक्स टोय’ अर्थात यौन खेलौना उपहार पठाएरको आरोपमा साइबर क्राइमको मुद्दामा फसेका हुन् ।
यस्तो थियो घटना
महानगरीय प्रहरी परिसर टेकुमा गत भदौ १४ गते एउटा विद्युतीय कारोबार ऐन अर्थात साइबरसम्बन्धी उजुरी आयो । उजुरी गर्ने युवती थिइन्, एक निशा घले (नाम परिवर्तन) । घलेले अज्ञात व्यक्तिले नक्कली फेसबुक आइडी सोनिक्स गुरुङ, सोनिका गुरुङ र लिली पुलामी बनाएर आफ्नो गुगल आइडी समेत ह्याक गरी अश्लील म्यासेज पठाउने गरेको भन्दै। कार्बाहीका लागि प्रहरी गुहारिन् ।’

तीन वटा फेसबुक आइडीबाट आफूलाई अश्लील म्यासेज आउने गरेको व्यहोरासहित घलेले म्यासेज समेत स्क्रिनसट गरेर उजुरी हालेकी थिइन् । व्यक्ति पहिचान नभएको भनेर हालेको उजुरीको ३ दिनपछि भदौ १७ गते फेरि उनैले श्यामकुमार सापकोटाका नाममा किटानी जाहेरी दिइन् । घलेले किटानी जाहेरी दिएका व्यक्ति सापकोटा उनकै बाबु भएको पत्ता लाग्यो ।

निशाका बाबु सापकोटा र आमा बेलायतमा बस्दै आएका छन् । यसरी छोरीले नै बाबुविरुद्ध फेसबुकमा अश्लील म्यासेज, भिडियो र तस्बिर पठाएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। नग्न तस्बिरदेखि छोरीलाई बेलायतबाट गिफ्टका लागि भनेर सेक्स टोयसम्मका सामानका फोटाहरु पठाउने गरेको आरोप सापकोटालाई लगाउँदै उजुरी परेको थियो ।

प्रहरीले सापकोटालाई पक्राउ गरेर अनुसन्धान शुरु गर्‍यो । सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनाल शर्माले उक्त मुद्दामा वादी नेपाल सरकारको पक्षबाट बहस गरेका थिए । भिडियो समेत पठाई युवतीको चरित्र हत्या गरेको हुँदा सापकोटालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेकाले उनलाई कसुर ठहर भएको अवस्थामा ५ वर्षसम्म कैद सजाय हुन सक्ने अभियोग दाबी भएकाले थुनामै राखी मुद्दाको पुर्पक्ष गरिपाऊँ भनेर शर्माले बहस गरेका थिए ।

यता प्रतिवादी सापकोटा तर्फबाट भने अधिवक्ता रामप्रसाद भण्डारी र यादव ढुंगानाले बहस गरेका थिए । प्रतिवादी सापकोटाले सन् २०१७ को अक्टोबरमा पठाएको म्यासेज स्विकारेको तर बाँकी म्यासेजहरू आफूले नपठाएको भन्ने इन्कारी बयान दिएका थिए । उक्त म्यासेज पनि (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ७४ को हदम्याद नाघिसकेकाले कारबाही गर्न नमिल्ने साधारण तारेखमा छाड्नुपर्ने अभिवक्ताद्वयको तर्क थियो ।

वादी–प्रतिवादी दुवै पक्षको बहस सकिएपछि उक्त फाइल जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासमा पुगेको थियो । सापकोटाले पठाएको अश्लील म्यासेज आफूले बेवास्ता गरेर बसेपछि माथि तीन वटा फेसबुक आइडी खोलेर अश्लील भिडियो फोटो पठाउने गरेको छोरी रेश्माले बताएकी थिइन् ।

सापकोटाले भने अश्लील म्यासेज पठाउन प्रयोग भएको मोबाइल नम्बर सन् २०१९ को मार्चमा आफ्नै नाममा निकाली प्रयोग नै नगरेको बताएका थिए । उनले उक्त नम्बर भएको सिमकार्ड बत्तिसपुतलीस्थित आफ्नो घरमा राखेर बेलायत गएकाले त्यो नम्बर प्रयोग गरेर अरु कसैले पठाएको हुन सक्ने अदालत समक्ष बयान दिएका थिए। जसकारण आफूले सफाइ पाउनुपर्ने माग सापकोटाको थियो ।

अश्लील म्यासेज, भिडियो, फोटो सापकोटाले नै पठाएको र उक्त कुराको जानकारी आफूहरुलाई समेत भएको भन्दै यसअघि नै सावनकुमार गुरुङ र मीना गुरुङले बताउँदै आएका थिए । यसबारे जिल्ला अदालत काठमाडौं गुरुङद्वयसँग बुझ्दा घटना विवरणको कागजसमेत गरेको पाइएको थियो ।

यस्तै युवती निशालाई अश्लील म्यासेज गरिएका फेसबुक आइडीको बिजनेस रेकर्ड समेत प्रहरीले निकालिसकेको थियो । मिसिल संलग्न जाहेरी दरखास्त, प्रतिवादीको अनुसन्धान र अदालतमा भएको बयान, मौकामा कागज गर्ने व्यक्तिले गरिदिएको कागज, फेसबुक बिजनेस रेकर्ड लगायतका कागज प्रमाणको विश्लेषण गर्दा सापकोटा कसुरदार होइनन् भनी विश्वास गर्न सक्ने मनासिब आधार फेला नपरेको जिल्ला अदालतको ठहर छ ।

सोही प्रमाणका आधारमा सापकोटालाई अपराध संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश हिजो बुधबार जिल्ला न्यायाधीश भट्टराईको इजलासले गरेको हो । सापकोटा दुई साताअघि मात्र धरौटीमा छुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७