जहाज होल्डबारे पर्यटनमन्त्रीको ‘क्वीक’ एक्सन : तत्काल सुधार गर्न निर्देशन


२ आश्विन २०७६, बिहीबार
Yogesh Bhattarai 2 1

काठमाडौँ, २ असोज : मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने ‘होल्ड’ मा बसेको सन्र्दमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारण सत्य तथ्य पत्तालगाई आवश्यक सुधार गर्न निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको स्तारोन्नति तथा सेवा सुविधा सुदृढिकरणको अयिभानमा जुटेका पर्यटनमन्त्री भट्टराईले विमानस्थलको समस्या सुन्नासाथ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

मन्त्री भट्टराईले विमानस्थलका सन्दर्भमा प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई तत्काल घटनाको सत्य तथ्य पत्तालगाउन निर्देशन दिएकोे निजी सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टाअघि दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।

उक्त प्राविधक समस्याका कारण विमानस्थलमा करिब दुई घण्टा जहाज अवतरण गर्न सकेका थिएनन् । प्राविधिक मर्मतपछि अहिले नियमित रुपमा उडान अवतरण भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमानस्थलका अनुसार भीओआर र डीएमई उपकरण विहा १०ः४८ मा बिग्रिएको थियो । झण्डै डेढ घण्टाको मर्मतपछि पुनः सेवा सुचारु गरिएको थियो । त्यस समयमा विभिन्न गन्तब्यबाट आएका सात वटा अन्तरराष्ट्रिय जहाजहरु अवतरणको पखाईमा आकासमा होल्ड भएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकमा १० वटा हेलिकोप्टरकम्पनीसहित २० वटा र अन्तर्राष्ट्रियतर्फ तीन नेपालसहित २८ वटा वायु सेवा प्रदायक कम्पनीले दैनिक सरदर ९करिब १०० अन्तर्राष्ट्रिसहित ४००० उडान भर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७