भिभिआइपी चढ्ने एक अर्ब ४० करोडको हेलिकप्टर आइपुग्यो काठमाडौं


२ आश्विन २०७६, बिहीबार
vip helicopter

काठमाडौं, २ असोज । नेपाल सरकारले उच्च पदस्थ व्यक्तिहरूको सवारीका लागि किनेको हेलिकप्टर काठमाडौं आइपुगेको छ । नेपाली सेनाले सञ्चालन गर्ने गरी खरिद गरिएको हेलिकप्टर आज काठमाडौं आइपुगेको हो ।

एक अर्ब ४० करोडमा इटालीबाट खरिद गरिएको यो हेलिकप्टर नेपाली सेनाको स्वामित्व र सञ्चालन हुने भएपनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । यसको नेपाली दर्ता नम्बर ‘नाइएन–पिएमए’ हुने जनाइएको छ ।

नेपाली सेनाको कलरमा नहुने यो हेलिकप्टर नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको छ । यसको सञ्चालनका लागि प्राधिकरणबाटै अनुमति लिनुपर्ने छ । आठ सिट हुने यो हेलिकप्टरमा भिभिआइपी प्रायोजनका लागि सिट घटाउन सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७