राजेन्द्र महत्तोको प्रश्न, ‘धुलो चेहरामा छ, ऐना सफा गरेर हुन्छ ?’


२ आश्विन २०७६, बिहीबार

काठमाडौं, २ असोज । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य एवं सांसद राजेन्द्र महतोले सरकारले मनाउने भनेको संविधान दिवस जनतामा भ्रम छर्ने कोशिस मात्र भएको आरोप लगाएका छन् ।

उनले सरकारले आफ्ना गल्ती ढाकछोप गर्ने र काम गरेको छु भन्ने भ्रम जनतामा सिर्जना गर्न संविधान दिवसको कार्यक्रम राखेर भ्रम छर्न लागिपरेको आरोप लगाएका छन् । उनले संविधान दिवसका दिन ७० प्रतिशत जनताले ब्ल्याक आउट गर्ने बताएका छन् ।
बिहीबार संसदको वर्षे अधिवेशनको अन्तिम सत्रमा संसद बैठकमा सम्बोधन गर्दै उनले मधेशी, थारु, जनजाति र दलितले ब्ल्याक आउट गर्ने बताएका हुन् ।

उनले संसदमा बोल्दै भने, ‘कुनै पनि देशमा संविधान दिवसलाई त्यो देशका नागरिकले राष्ट्रिय चाडका रुपमा धुमधामका साथ मनाउँछन् । भोलि देशका सबै नेपाली जनता उल्लासका साथ संविधान दिवस मनाउने छन् त ? चार बर्ष बितिसक्दा पनि सबै नागरिकले उत्साहपूर्वक संविधान दिवस मनाउने अवसर किन आएन ।’

उनले संविधान दिवसको दिन दिपावली गर्न सरकारले उर्दी जारी गरेको भन्दै आक्रोश पोखे । उनले भने, ‘भोलि दिपावली मनाउने रे, उर्दी जारी भएको छ सरकारको । भोलि देशभरी सबैले दिपावली मनाउछन् त ? धुलो चेहरामा छ, ऐना साफ गरेर हुन्छ, उनले अनुहारमा धुलो भएपनि ऐना सफा गर्ने काम भइरहेको छ ।’

उनले संविधान दिवस मधेशीले नमाउँदा राष्ट्रघाती भन्दै आइरहेकोमा अब थारुले पनि नमनाउने हुँदा उनीहरुलाई पनि राष्ट्रघाती भन्ने भन्दै प्रश्न गरे । उनले पहाडका आदीवासी जनजातीले पनि नमाउने, विरोध गर्ने त्यसलाई पनि राष्ट्रघाती भन्नुस् भन्दै अनि राष्ट्रवादी को हो ? भन्दै प्रश्न गरे ।

उनले प्रतिपक्षले संविधान दिवस नमनाइरहेका बेला सत्तापक्षले पनि राम्रोसँग नमनाइरहेको बताए ।
उनले भने, ‘तपाईंको सरकारमा रहेको पार्टीले भोलि संविधान दिवस नमाउने, तपाईंको उपप्रधानमन्त्री भोलि संविधान दिवस नमाउने । सरकार पूरै संविधान दिवस मनाउँने दिपावली गर्ने अवस्थामा छैन अनि आफ्नै पिठ थप्थपाउने ?’

उनले दिपावलीको उर्दी जारी गरेर दिपावली नहुने भन्दै ब्ल्याक आउट गर्ने बताए । उनले ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने बताउँदै तराईका मधेशी, थारु, पहाडका जनजाति र दलितले ब्ल्याकआउट गर्ने उनले बताए ।

उनले सरकारको नै एउटा पक्षले संविधान दिवस नमाएपछि सरकारको वैधानिकतामाथि प्रश्न उठ्यो कि उठेन ? भनेर प्रश्न गरे । उनले यो जनताको गम्भीर प्रश्न रहेको बताउँदै उपेन्द्र यादवको नाम नलिई उनले हिजोसँगै ब्ल्याक आउट गर्ने र आज सरकारमा बसेर न्युट्रल गियरमा बस्न पाइन्छ ? भनेर प्रश्न गरे । उनले दुई बुँदे गरेर सरकारमा गएको कुनै औचित्य नभएको बताए ।

संविधान देशको मूल कानून भएकोले त्यसमा मजाक गर्न नहुने भन्दै हिमाल पहाड तराईका लागि समान हुनुपर्ने बताए । उनले यसअघि बनाएका ६ वटा संविधान कहाँ गयो भन्दै अहिलेको संविधानलाई बाइबल कुरान जस्तै बनाएको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७