उपत्यकाका २५ ठाउँबाट दसैंलाई नयाँ नोट साट्न पाइने (सूचीसहित)


२ आश्विन २०७६, बिहीबार
1538874839naya note

काठमाडौं, २ असोज। दसैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ।


राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि नयाँ नोट सटही हुने जानकारी दिएको हो। राष्ट्र बैंकका अनुसार उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ।

त्यस्तै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही हुनेछ। प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ। ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछ। त्योबाहेक आफूसँग भएको पुराना नोटको साटो सुकिला नोट सटही पनि गर्न सकिनेछ।

राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ। साथै नोटमा केरमेट तथा रङ लगाउने कार्य नगर्न राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ।


कहाँकहाँबाट साट्न पाइन्छ नयाँ नोट हेर्नुहोस् राष्ट्र बैंकको सूचना

Notice

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७