माओवादी जनमुक्ति सेनाबाट आएका अधिकारी बने सहायक रथी


२ आश्विन २०७६, बिहीबार
Yam Bahadur Adhikari army

काठमाडौं, २ असाेज ।  तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी प्रतीक्षा सहायक रथी (ब्रिगेडियर जनरल)मा बढुवा भएका छन्।  उनलाई यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथीमा बढुवाको निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

अधिकारीले आफूलाई सहायक रथीमा बढुवाका लागि रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन दिएका थिए। राजनीतिक दबाब र सेना भित्रको ‘चेनअफ कमाण्ड’ को तनावबीच सरकारले उनलाई सहायक रथीमा बढुवा गरेको हो।

‘महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद  सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ’, बाँस्कोटाले भने। अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो।

शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा रहेकाले मनोबल गिर्न नदिन सरकारले यस्तो निर्णय लिएको हो ।

दुई जनाको महासेनानीमा बढुवा

सरकारले नेपाली सेनाको दुई सेनानीलाई महासेनानीमा पदोन्नति गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाली सेनाका सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७