मदन भण्डारी मेमोरियल ऐकेडेमीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर खुल्यो


२ आश्विन २०७६, बिहीबार
1568893215photo 1

काठमाडौं, २  असोज २ । प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। बिहीबार एकेडेमीका कार्यकारी निर्देशक विनोद र्अयालले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।


मदन भण्डारीमा अध्यनरत विद्यार्थीले अब बिना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्न सक्नेछन्। सेवाग्राहीहरु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

बैंकले १ सय ९५ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फतअत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७